भर्ना शुल्कको नाममा लिएको रकम तत्काल फिर्ता गर्न नेविसंघको माग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भर्ना शुल्कको नाममा लिएको रकम तत्काल फिर्ता गर्न नेविसंघको माग



कैलाली – घोडाघोडी नगरपालिकाका सामुदायिक विद्यालयहरू बाट भर्ना शुल्कको नाममा लिएको रकम तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर समितिले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

बुधबार नगरप्रमुख ममता प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नेबिसंघले सामुदायिक विद्यालयहरूले लिएको भर्ना शुल्क तत्काल फिर्ता गर्न माग गरेको हो ।

नेबिसंघ घोडाघोडी नगर कार्यसमितिका अध्यक्ष कलकजंग सिंहद्बारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सरकारले माध्यमिक तह सम्म निःशुल्क र अनिवार्य शिक्षामा नीति लिएपनि त्यसलाई व्यवास्ता गर्दै केही सरकारी विद्यालयहरुले आफुखुशी भर्ना शुल्क लिएको उल्लेख गरिएको छ । साथै तत्काल शुल्क फिर्ता नगरे चरण बन्द आन्दोलन गर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।