भ्रष्टाचारमुक्त मन्त्रालय बनाउने प्रतिबद्धता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भ्रष्टाचारमुक्त मन्त्रालय बनाउने प्रतिबद्धता



हिमाल पोष्ट / काठमाडौँ, १५ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनियुक्त राज्यमन्त्री इन्द्र बानियाँलाई आज मन्त्रालयमा स्वागत गर्दै उहाँले विगतको नीति र शैलीलाई बदलेर अगाडि बढ्न कर्मचारीहरुलाई सुझाव दिनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “लोभ र लालचबाट टाढै रहनुपर्छ । पर्यटन क्षेत्रको विकास, सांस्कृतिक सम्पदाको संरक्षण र वायुसेवा निगमलाई बजारमुखी एवम् प्रतिस्पर्धी बनाउनुपर्छ ।” रासस