घरघरमा खाद्यान्न पठाउन भाटभटेनीलाई जिम्मा दिने तयारी - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

घरघरमा खाद्यान्न पठाउन भाटभटेनीलाई जिम्मा दिने तयारी



काठमाडौं- सरकारले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिनका लागि सबै तयारी गरेको बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ऋषि धमलासँगको कुराकानीमा यस्तो विश्वास दिलाएको रिपोर्टस नेपालले बताइएको छ । उनकाअनुसार सरकारले टोलटोलमा सामान पुर्याउने तयारी गरिरहेको छ ।

यसको लागि भाटभटेनी सुपरमार्केटलाई जिम्मा दिनेबारे छलफलसमेत भएको पनि खुलाइएको छ ।

मन्त्री भट्टले भनेका छन्, सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको छ । यसको लागि भाटभटेनीसंग लगातार छलफल गरेको मन्त्री भट्टले बताएकच ह्हन । सम्भवतः आज र भोलिमा नै यसबारेमा पनि निर्णय हुने जनाइएको छ ।

यसअघि मन्त्री भट्टले कुराकानीमा नै काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको बताएका थिए ।

काठमाडौँमा १५, ललितपुर र भक्तपुरमा सात सात मिनीट्रक तयारी अवस्थामा रहेको उनको भनाई छ । उनकाअनुसार ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइनेछ ।

त्यतिमात्रै नभएर, उनले खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको पनि जनाएका छन् ।

कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नु पर्नेछ । सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनको भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ ।