विद्यार्थीहरूलाई प्रशिक्षण दिन त्रि वि पुगे डा.भट्टराई - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विद्यार्थीहरूलाई प्रशिक्षण दिन त्रि वि पुगे डा.भट्टराई



काठमाडौँ -समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई विद्यार्थीलाई प्रशिक्षण दिन त्रिभुवन विश्वविद्यालय पुगेका छन् ।

शनिवार बिहान त्रिभुवन विश्वविद्यालयमा पुगेर भट्टराईले विद्यावारिधी अन्तर्गत विभिन्न संकायका विद्यार्थीहरूलाई प्रशिक्षण दिएका हुन् ।

विश्वविद्यालयमा डाक्टर भट्टराईले नेपालको ‘अर्थ-राजनीतिको दिशा’ विषयमा प्रशिक्षण दिएका थिए ।

भट्टराईले विद्यार्थीहरूलाई दिएको ‘प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषय उल्लेख थियो ।