सूर्य थापाले २ हजारमा किनेका थिए भेलु बाजेलाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सूर्य थापाले २ हजारमा किनेका थिए भेलु बाजेलाई



काठमाडौं- नेकपा एमालेका नेता तथा प्युठानबाट प्रतिनिधि सभामा एमालेका उम्मेदवार सूर्य थापाको चुनावी अभियानमा अश्लिल बोलेर भाइरल बनेका भेलु बाजे थपिए । अश्लिल र अपशब्द बोलेर भाइरल बनेका उनीसँग फोटो खिच्दा सूर्य थापा भने मख्ख थिए ।

थापाको सचिवालयले फोटो सार्वजनिक गरेपछि यस विषयमा झनै चर्चा भयो । भेलु बाजेले सूर्यको लागि भोट मागेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भयो । फोटो र भिडियोमा देख्दा दुवै जना मख्ख थिए ।

सकारात्मक भन्दा नकारात्मक चर्चा भैरहेका बेला उनको बाजेको अर्को भिडियो सार्वजनिक भयो । उनले तत्काल बोली फेरे, आफु माओवादी केन्द्रमा भएको र गठबन्धनलाई जिताउन आग्रह गरे । त्यतिमात्र होइन उनले आफुले मदिरा सेवन गरेकाले सूर्य थापासँग के के भने भन्ने थाहा नभएको जनाएका छन् ।

सार्वजनिक भएको एउटा भिडियोमा सूर्य थापाले आफुलाई दुई हजार दिएको कारण त्यहाँ गएको र दारु खाएको समेत बताएका छन्। थापाको चुनावी कमाण्डर बनेका उनी एकदिन पनि त्यहाँ टिक्न सकेनन् ।

यसरी सार्वजनिक रुपमै आफुलाई दुई हजार दिएर लागिएको मदिरापान गराइएको बताईरहँदा निर्वाचन आयोग र सम्बन्धित निकाय भने चुप छन् । निर्वाचनमा कुनैपनि प्रलोभन र पैसा बाँढ्न नपाइने नियम छ । तर आयोग भने बेखबर जस्तै छ ।