देउवा र नेपालबीच भेटवार्ता सकियो: विश्वासको मतबारे छलफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवा र नेपालबीच भेटवार्ता सकियो: विश्वासको मतबारे छलफल



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसंगको भेटवार्ता सकिएको छ ।

बूढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित भएको स्रोतले बताएको छ ।

देउवा निवासमा भएको छलफलमा नेपाल सहित उनीपक्षीय अर्का नेता भिम रावल पनि पुगेका थिए ।

यसअघि देउवासँग प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट देउवालाई भेट्न नेपाल पुगेका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँग मुखै फोरेर विश्वासको मत मागेका थिए ।मुलुकको राजनीतिक परिस्थिति तरल बन्दा नेताहरुको दौडधुप चलेको छ ।