चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी



काठमाडौँ, फागुन २२ गते । 

आगामी चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी गरेको छ ।  यातायात व्यवस्था कार्यालयले चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई एक हजार पाँच सय ट्याक्सी नम्बर उपलब्ध गराउने घोषणासहित गत साउनमा आवेदन खुला गरेको थियो ।  तर एक लाख ४९ हजार आवेदन परेपछि विभागले गोलाप्रथाद्वारा वितरण गरिने जनाएको हो ।
विभागले हाल ती आवेदन प्रमाणीकरणका लागि सम्बन्धित जिल्लामा पठाइएको छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेले भन्नुभयो, ‘सबै आवेदन सम्बन्धित जिल्लामा भेरिफिकेसनका लागि पठाएका छौं, फागुन २४ गतेसम्म आवेदनहरू जिल्लामै छानविन हुन्छ, त्यसपछि केन्द्रमा आएपछि हामीले अन्तिम नामावली सार्वजनिक गर्छौँ र गोलाप्रथाबाट एक हजार पाँच सय जनाको छनोट हुन्छ । ’

पन्तका अनुसार चैत्र २६ गतेसम्म काम सम्पन्न गर्ने योजनामा यातायात व्यवस्था विभाग छ ।  गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सीका लागि आवेदन खुला गरिएको थियो ।  विभागका अनुसार काभ्रे, दोलखा, सिन्धुपाल्चोक र धादिङ जिल्लाबाट धेरैको सङ्ख्याले आवेदन दिएका छन् भने अन्य जिल्लाको आवेदन सङ्ख्या न्यून छ ।