भूपू गर्लफ्रेन्ड संगको पुनर्मिलन १ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भूपू गर्लफ्रेन्ड संगको पुनर्मिलन १



समीर प्रकाश पाण्डे

सायद उसको र मेरो बोलचाल बन्द भएको लगभग चार वर्ष जति भए होला । कलेज सुरु भएका दिन देखि नै धेरै नजिक भएका हामी एक्कासि त्यो प्रेम दिवसले हाम्रो संम्बन्ध टुटाएको थियो । खै मलाई पनि के भूत चढ्यो , साथी भाइको लहलईमा लागेर उसलाई प्रेम प्रस्ताव राखेको थिए । त्यो बेला उसले मेरो प्रेम प्रस्ताव लाई विश्वास पनि कसरी गरोस म भन्दा धेरै ब्यवारिक थिई उ ।

साँच्चै उ पछि संम्मको जिन्दगी सोच्ने गर्थि तर म अल्लारे केटो । यती सम्मको अल्लारे कि आज लभ परोस मात्र , भोलि डेटीङ गैदिने अनि पर्सि भ्याईदिने जस्तै । बाकी आफै बुझ्नुस । त्यो दिन उसले मेरो प्रेम प्रस्ताव स्वीकार नगरे पछि निकै रिसाएको थिए । घर आए पछि उसको नम्बर डायल गर्दै झगडा पनि गरे । खै के के पो भनीइ तर उसले भनेको एउटा कुरा याद छ मलाई अझै सम्म । उ सेन्टी पारामा भन्दै थिई ‘ समीर किन कुरा बुझ्दैनौ यार ! ’

उसको सेन्टी मुडलाई चिर्दै मैले भनेको थिए ‘ हामी जिवनसाथी नभए पनि एउटा असल साथी बन्न सक्छौ , जो जीवनभर टिकोस । अब यत्ति बुझ कि हामी जिवनसाथी हैनौ , जीवनभरको साथी हौ । ’ उ धेरैबेर चुप बसी , सुस्केरा हाल्दै अन्त्यमा भनेकी थिई ‘ रियल्ली यु आर म्याड ! आई क्यान्ट फल इन लभ विथ यु । बिकज आई ह्याभ ब्वाईफ्रेन एण्ड वि विल म्यारी भेरी सुन । ’
म घरको छत बाट खसे जस्तै भएको थिए त्यति बेला । सयौ गिद्धले मेरो शरीरलाई लुछे जस्तै भएको थियो , मेरो शरीर थरथर काम्न थाल्यो । अनि मैले फोन काटिदीए ।

त्यसपछि उ कता म कताँ , म आफै सम्हालीए । सायद उ विवाह गरेर कतै नयाँ संसार बसाएकी होली । मैले यस्तै सोच्दथे ।
त्यस यता बर्षौ बिते । उसलाई चिने जानेका साथीहरू भेट्दा मैले सोध्ने गर्छु ‘ के छ उसको खबर ? ’उनीहरू भन्थे ‘ खै हामी सँग पनि भेट भएको छैन । ’

कहाँ छे उ , कुन दुनियाँमा छे कसैलाई थाहा थिएन । कता कता सुनेको थिए पढ्दै छे तर कसैको संम्पर्कमा छैन । किन यसरी संम्पर्क बिहिन भएर बसेकी होला बुझ्न सकिएन ।दिनहरू यसै गर्दै बित्दै गए । एक दिन अफिसको काम सकेर घर फर्किदै थिए । समाजिक संञ्जाल ( फेसबुक , टुईटर) तिर धेरै समय बिताउन मन पराउने म साथीहरूको म्यासेजको रिप्लाई गर्दै थिए , बसको रफ्तार असीको स्पिड भन्दा माथि थियो सायद । फेसबुकमा मस्त भएको बेला एउटा फ्रेन रिक्वेस्टको रातो बत्ती मोबाइलको माथि नोटीफीकेसनमा बल्यो ।

मनमा उ सजियकी थिई , च्याटमा अरू कोही सँग म मस्कीदै थिए । मलाई च्याटमा हट गफ अनि रोमान्टीक गफ गर्न खुब मजा आउँछ , आजपनि त्यस्तै रमाइलो हुँदै थियो । बस भित्रै बाट मैले सेक्सी केटीहरू सँग सेक्सी च्याट गर्दै थिए । फ्रेन रिक्वेस्टको नोटीफीकेसन हेर्ने मुड थिएन तर उताबाट रिप्लाई आउन ढिला भएपछि नोटीफीकेसन क्लिक गरे ।

ओ माई गड ! खुसीको सीमा रहेन । म किच्च गर्न बाध्य भए । शरीरमा फेरी काँडा उम्रीय , तर यो पटक काँडा खुसी भएर उम्रीए । एक दिन उ सँग हारेर उसलाई सुनाएको एउटा डाईलग याद आयो “ Friendship is convert into love but love never convert into friendship” अनि उसले नाक बटारेर मलाई ईग्नोर गरेकी थिई ।

सोचे , दुईचार दिन यस्लाई ईग्नोर गर्छु । तर कहाँ हिम्मत छ र म मा । जीवनभर उसको लागी तडपिने मुटु आज उसको नाममा फ्रेन रिक्वेस्ट आउदैमा यती खुसी छ कि त्यसको कुनै सिमाना मैले यो बेला व्यक्त गर्न सक्दिन । धडकन बढदै थियो अनि उसको प्रोफाईल खोलेर हेरे ।
आहाँ ! उ अझ राम्री भएकी । उसका फोटाहरु एक एक गर्दै हेरे । उ मेरो दिलमा बसेर निस्केकी एउटा परि थिई । मेरो सपनाकी राजकुमारी ।

अनलाइनमा बसेर म सँग सेक्सी च्याटमा रमाउदै गरेका तरुनीहरु म्यासेजको रिप्लाई नआउदा आत्तदै थिए तर मलाई कसैको बाल मतलब थिएन । एउटीलाई लास्टै हट बनाएर बसालेको थिए । उ रिसाउदै लेखी ‘ हे बेबी ! वान्न स्लिप विथ यु दिस नाईट । प्लिज कम इन माई रुम बेबी । ’

उसको पटक पटकको बेबी शब्दले मलाई बच्चै छु जस्तो लाग्दै थियो । बच्चै मान्छे उसको रुममा गएर सँगै सुत्ने कुरै भएन । आफैले आफैलाई भने ‘ ओए समीरे ! यो उमेर भनेको लभ चलाउने उमेर हो , सेक्स चलायर भुँडी बढाउने उमेर हैन । त्यसैले यस्ता सेक्सी केटी छाड , पैला यो भुपु तरुनीको फ्रेन रिक्वेस्ट एसेप्ट गरीहाल । ’
मनले भनेको कुरा लाई हातका औलाले दबायर काम फत्ते गरे । उ धेरै वर्ष पछि फेरी मेरो साथी भई ।

फ्रेन रिक्वेस्ट एसेप्ट गरेको एक मिनेट नहुदै उसले लेखी ‘ हाई ! ’
मैले फर्काई हाले ‘ हेलो …! के छ खबर ? ’
उसले मिठो हासेको ईमो पठाउदै लेखी ‘ ठिक छु अनि तपाईँ ? ’
मलाई उसको यस्तै हासो अनि मिठा दुई शब्द भए जीवनभर पुग्दथ्यो । मैले लेखे ‘ म नि ठिकै छु , कता हो तिमी आजभोली ? ’
एक्कासि तिमी भन्दा पक्कै उसलाई अप्ठ्यारो लाग्यो होला तर पनि मैले उति बेलाकै जस्तो सम्झिय । उ बेला उ मेरो मनको राजकुमारी थिई । तर उसले तपाईँ र तिमी सम्बोधन लाई वास्ता गरिन , बरु प्रेमको प्रतीक एउटा पानपाते पठाई ।

मैले जिब्रो टोकेर हासेको ईमो पठाएसी उसले लेखी ‘ तिम्रो हुन नसकेपछि पढाइलाई निरन्तरता दिन काठमाडौँ आएकी हु । तिमीले जस्तै माया गर्ने प्रेमी पाउन नसकेपनि दुस्मनले जस्तै हेला गर्ने पति पाएकी छु , सायद तिम्रो प्रेमको श्राप लाग्यो मलाई समीर । ’
पहिलो च्याटमै उसले पिडा सुनायपछि म भित्रको रोमान्टीक मुड अफ भयो । कोठामा पुगेर गफ गरौला भनेर उसको नम्बर मागे । अनि फेसबुक अफ गरेर गाँडी बाट झरे ।

क्रमशः