विवाह सकेर फर्कदै गर्दा जीप दुर्घटनामा इन्स्पेक्टर दम्पतीको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विवाह सकेर फर्कदै गर्दा जीप दुर्घटनामा इन्स्पेक्टर दम्पतीको मृत्यु



काठमाडौँ, ९ मंसिर ।

पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुर्घटनामा परेको छ ।

दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल खुसेकाे बताइएकाे छ । जीपमा सवार रहेका मध्ये अहिलेसम्म ७ जनाको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको उद्धारमा रहेका वामगठवन्धन पश्चिम रुकुम क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनलले जानकारी दिए ।

मृत्यु हुनेहरुमा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रीबेणी गाउँपालिका ६ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ रहेका छन।

रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको छ । उनीहरु घरबाट विवाह सकेर कार्यस्थल फर्कदै थिए ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।