विवेकशील रुपन्देहीद्वारा नेतृत्व विकास सेमीनार सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विवेकशील रुपन्देहीद्वारा नेतृत्व विकास सेमीनार सम्पन्न



हिमाल पोस्ट /बुटवल ,चैत्र १९ 

विवेकशील नेपाली दल, रुपन्देहीद्वारा शनिबार ”आधारभूत नेतृत्व विकास सेमीनार’ कार्यक्रम सञ्चालन सम्पन्न  भएको छ। कुनै पनि समूहको मुख्य भूमिका निर्वाह गर्नका निम्ति आफ्नो नेतृत्व क्षमतामा विकास हुनुपर्ने हेतुले विवेकशील नेपाली दल रुपन्देहीले विभिन्न क्षेत्रबाट आमन्त्रित सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धि आधारभूत सेमिनार सञ्चालन गरेको थियो ।

करिब ४० जनाको सहभागिता रहेको सेमिनारमा राम प्रसाद पंगेनीले कार्यक्रमको मुख्य विषयमा रही नेतृत्व क्षमता विकास माथि  व्याख्या गर्नु भएको थियो ।कार्यक्रमको अन्तिममा युवाहरुले बुझ्नु पर्ने केही राष्ट्रको परिस्थिती र यथार्थता बारे श्री थानेश्वर भण्डारीले प्रकाश पार्दै ‘युवाहरुले नै देशको दिशा परिवर्तन गर्ने हो’ भन्दै उत्साहपूर्ण प्रेरणा दिनुभएको थियो ।

विवेकशीलको जन्म कुसंस्कृत राजनितीको अन्त्य गर्नका निम्ति भएको हो भन्दै  विवेकशील नेपालीले उक्त  जिम्मेवारी पूरा गर्ने बताउदै  विवेकशील रुपन्देहीका अध्यक्ष अनिल काफ्लेले विवेकशील नेपालीको ईतिहास र उद्धेश्य माथि  प्रकाश पार्नु भएको थियो ।

विवेकशील नेपाली दल, रुपन्देही द्वारा सञ्चालित उक्त कार्यक्रममा सहभागी युवराज पहारीले ‘विवेकशील नेपालीले युवाहरुलाई उर्जा दिने काम गरेकोमा म अत्यन्त प्रभावित भएको छु ।’ भन्दै ‘अझै यस्तै युवाहरुलाई उद्यमशिलता तिर विवेकशील नेपालिले सहि बाटो देखओस, सही संस्कृतीको विकास गरोस् ।’ भन्दै सुभकामना दिनुभएको थियो ।

विवेकशील रुपन्देहीले नेतृत्व क्षमता विकास सम्बन्धी कार्यक्रम पहिलो भएको र कार्यक्रम सफल भएको निष्कर्श निकाल्दै ‘अझै यस्ता कार्यक्रमहरु गर्न विवेकशील रुपन्देहीलाई अझ बढि हौषला मिलेको  भन्दै  भेषराज आचार्यले कार्यक्रमको  समापन भर्नु भएको थियो । करिब तिन घण्टको कार्यक्रम  बिष्णुराज रेग्मीले सञ्चालन गर्नु भएको थियो ।