२८ वर्षपछि बाइडेनले फर्काए डेमोक्रेटिक पार्टीको साख - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

२८ वर्षपछि बाइडेनले फर्काए डेमोक्रेटिक पार्टीको साख



काठमाडौं- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जोर्जिया राज्यमा पनि जितेको सीएएन, बीबीसीलगायतका सञ्चारमाध्यमले बताएका छन् ।

करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई महत्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो पटक सन् १९९२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट बिल क्लिन्टनले जर्जियामा जितेका थिए ।

जोर्जियामा जित हात पारेसँगै बाइडेनले ३०६ इलेक्टोरल भोट पाएका छन् । जुन सन् २०१६ मा राष्ट्रपति ट्रम्पले पाएकै जति हो । त्यस्तै सीएनएनले नर्थ क्यारोलाइनामा डोनाल्ड ट्रम्पले जित्ने बताएको छ ।

नर्थ क्यारोलाइनामा जितसँगै ट्रम्पको पक्षमा कुल २३२ इलेक्टोरल भोट पर्नेछ । यस पटकको चुनवमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले ५ राज्यमा नतिजा उल्टाएका छन् । गत चुनावमा रिपब्लिकन पार्टीले जितेका राज्यहरु एरिजोना, जोर्जिया, विस्कन्सिन, मिसिगन र पेन्सिलभेनियामा महत्वपूर्ण जित हात पारेका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । झिनो मतान्तर भएको जोर्जियामा हातैले पुन: मतगणना भइरहेको छ । डेमोक्रेटिक पार्टी तथा अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले भने नतिजा बाइडेनकै पक्षमा रहने बताएका छन् ।

सीएनएनका अनुसार जोर्जियामा जो बाइडेनले २४ लाख ७२ हजार १ सय ८२ मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले २४ लाख ५८ हजार १० मत प्राप्त गरेका छन् ।