पदीय मोहकै कारण विदेशी भूमिमा नेपालीको सयौ संघ संस्था स्थापना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पदीय मोहकै कारण विदेशी भूमिमा नेपालीको सयौ संघ संस्था स्थापना



कर्ण बहादुर अधिकारी मकाउ।

बाध्यता,रहर,बिबशता वा परिबन्द जे जुन कारणले भए पनि आजको दिन सम्म आई पुग्दा ४० लाख भन्दा बढी नेपाली नागरिकहरू विदेशी भूमिमा कार्यरत छन्।चाहे विद्यार्थी भिसामा होस चाहे पिआर धारी वा श्रमिक नै किन नहोस नेपाली नागरिकहरू गुजारा गर्नकै लागि विदेशी भूमिमा दिन रात नभनी अहोरात्र खटिएर काम गरी रहेका छन्।विदेशमा प्राय नेपाली श्रमिकहरूको जमात नै बढी देखिएको छ।यसरी बिदेशीएकाहरूले सामाजिक सेवा गर्नकै लागि भनेर विभिन्न राजनीतिक दलका विदेश स्थित भातृसंगठन देखि लिएर जात जाति,जिल्ला वा क्षेत्रका नामबाट सामाजिक सङ्घ संस्थाहरू खोलेका छन्।ती सङ्घ संस्थाहरू सामाजिक कार्य गर्नकै लागि खोलिएको भए पनि वास्तविक रूपमा बुझ्ने हो भने हामी केही फरक पाउन सक्छौ। वर्तमान समय सम्म आई पुग्दा गल्फ कन्ट्री देखि लिएर यूरोप,अमेरिका सम्म नेपालीहरूको शयौको सङ्ख्यामा सामाजिक सङ्घ संस्थाहरू खोलिएका छन्।

यसरी अनगिन्ती रूपमा संस्था खोल्नुका पछाडि पनि केही रहस्यहरू पक्कै छन्।बिदेशीएका पैसा भएका अलि अलि टाठा बाठा भन्नेहरू विदेशी भूमिमा भए पनि नेपालमा झैँ आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ र त्यही चाहना बमोजिम २/४ जना जम्मा गरेर एउटा कमटी गठन गरी भिन्न नाम उपनाम दिएर संस्था खोल्छन।सके विदेशमा जुन देशमा रहेका छन् त्यही देशको सरकार सँग दर्ता गराउछन नसके अनाधिकृत रूपमा भने पनि संस्था चलाई रहन्छन।कोही सामाजिक सङ्घ संस्थाको नाममा बिजनेश व्यापार गरी रहेका छन्।बाहिरबाट हेर्दा सामाजिक सङ्घ संस्थाको आवरण देखिए पनि भित्री रूप भने अलि भिन्न नै पाउँछौ।कुनै पनि सङ्घ संस्थामा अध्यक्ष देखि लिएर भाईटल पोस्टमा रहेकाहरूको संस्थाको कार्य अवधि भनेको २ वर्षको मात्र हुन्छ यसरी नेतृत्व गरी रहेकाहरूलाई अझै नेतृत्वमा बसी रहने चाहनाका कारण पनि अन्य सङ्घ संस्था खोलेर पद सम्हालेका कयौ उदाहरण छन्।

कुनै पनि सङ्घ संस्थाले कुनै कार्यक्रम गरेको छ भने त्यस संस्थाको कार्यक्रममा अन्य सङ्घ संस्थाले सहयोग गरेको पाईदैन।अझै त्यो संस्थाले गरेको कार्यक्रममा किन सहयोग गर्ने भन्दै उपस्थिति जनाउन समेत गारो मान्दछन।वास्तवमा भन्ने हो भने एक आपसमा भावनात्मक सम्बन्धको कायम गर्न सकेका छैनन्।केही सङ्घ संस्थाले सामाजिक क्षेत्रमा अतुल्नीय सहयोग गरी रहे पनि प्राय जसो सङ्घ संस्था व्यक्तिगत स्वार्थमा रूमलि रहेको पाउँदछौ।विभिन्न राजनीति दलका विदेश स्थित भातृसंगठनका पदाधिकारीहरूको त रवाफ नै ठुलो छ पार्टीलाई विदेशबाटै चलाए झैँ गर्न मन्त्री देखि सांसद सभासदसंग सिधै समन्वय गर्न सक्ने हैसियतका कारण आफूहरूलाई माहान नै सम्झन्छन। यसरी विदेशमा स्थापना भएका सङ्घ संस्थाहरू मध्ये सामाजिक क्षेत्रमा सामाजिक अभियन्ताका रूपमा चिनिएको नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने माहान बाणीलाई बोकेर हिडेको गैर आवासीय नेपाली सङ्घ विश्वका ७३वटा राष्ट्रमा स्थापना भई सकेको छ।उक्त सङ्घले नेपाल र नेपालीको हरेक सुख दुखमा साथ दिँदै आई रहेको छ।

नेपालीहरूले विदेशी भूमिमा सङ्घ संस्था त खोल्छन तर ती सङ्घ संस्थाहरू किन र के का लागि खोलिएको हो भन्ने बारे कार्य समितिका पदाधिकारीहरू नै जानकार छैनन् त्यस कारण संस्थाका पदाधिकारीहरूले संस्थाको नीति विधानका बारेमा प्रस्ट रूपमा जानकारी लिन सक्नु पर्दछ।पूर्ण रूपमा ज्ञान भयो भने मात्र सङ्घ संस्थालाई सहज र सरल तवरबाट अगाडी बढाउन सकिन्छ।जति पनि विदेशमा नेपाली सङ्घ संस्थाहरू छन् तिनीहरूका बिच भावनात्मक सम्बन्ध साथै समन्वय हुन जरुरी छ।नेपाली सङ्घ संस्थाहरूको पहिलो कार्य भनेको विदेशमा कार्यरत रहेका नेपालीहरू माथि परेका समस्याहरूलाई समाधान गर्नु नै हो।दुख पीडामा परेको बिदेशीएका नेपालीहरूको उद्धार गर्नु नै उत्तम कार्य हो।सङ्घ संस्था संख्यात्मक हुनु भन्दा पनि गुणात्मक हुन जरुरी छ।

तपाई पनि आफ्ना लेख रचना हिमाल पोष्टमा प्रकासन गर्न चाहानुहुन्छ भने  [email protected] मा पठाउनुहोला  ।