विद्रोहीले हेलिकप्टर खसाले - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विद्रोहीले हेलिकप्टर खसाले



एजेन्सी : यमनको हाउठी विद्रोही लडाकुले साउदी हेलिकप्टरलाई मिसाइलबाट खसालेको दावी गरेका छन् ।

जहाँ दुई पाइलटको मृत्यु भएको बताइएको छ । यमनी सीमाक्षेत्रमा यस्तो घटना भएको हो । एक सय भन्दा धेरै हाउठी बन्दीहरु रिहा भएको भोलिपल्टै यस्तो घटना गरेको हो । हाउठी प्रवक्ता यहा सारेआले ट्वीटरमा समेत मिसाइलको माध्यमबाट हेलिकप्टर खसालेको बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सरकारले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बिहीबार मात्रै १ सय २८ जना हाउठी विद्रोहीलाई साउदी अरेबियाले रिहा गरेको थियो । रिहा भएपछि उनीहरु यमनको राजधानी साना पुगेका थिए । हाउठी विद्रोहीहरु २०१५ यता विभिन्न स्थानमा पक्राउ परेका छन् ।

फाइल तस्बिर