५.३ रेक्टर स्केलको भूकम्प, भारत र चीनसम्म धक्का महसुस - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

५.३ रेक्टर स्केलको भूकम्प, भारत र चीनसम्म धक्का महसुस



काठमाडौंमा शनिबार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस भयो । पहिलेको भन्दा फरक शैलीको भूकम्प गएकाले सर्वसाधारण त्रसित बनेका थिए ।

शनिबार बिहान ५ बजेर २६ मा भूकम्प गएको हो ।  झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पलगत्तै सर्वसाधारणहरू घरबाहिर निस्किएर चिच्याएका दृश्य देखिएका थिए ।

केहीले यसपटकको भूकम्प २०७२ सालको महाभूकम्पजस्तै शैलीको भएकाले आफू डराएको बताएका छन् ।

गुगलका अनुसार यो धक्काले भारत र चीनका केहि भागमा समेत झट्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले दिएको जानकारी अनुसार नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का मसुस भएको बताइएको छ ।

गत साउन १५ मा पनि बिहानै ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।