रिडी बजारमा झडप : प्रहरीबिटमा आगजनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रिडी बजारमा झडप : प्रहरीबिटमा आगजनी



हिमाल पोस्ट/ गुल्मी
जिल्लाको रिडीमा तनाव उत्पन्न भएको छ । स्थानीयहरु रिडीमै नगरपालिका र गाउपालिकाको केन्द्र बनाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका बेला उनीहरुमाथि प्रहरीले दमन गरेको छ ।
आन्दोलनमा प्रहरीले दमन गरेपछि रिडी तनाव ग्रस्त भएको छ । आन्दोलनकारीले रिडी बसपार्कमा रहेको प्रहरी बिट तोडफोड गरिदिएका छन।
गुल्मीको रिडीलाई गाउँपालिका र नगरपालिकाको केन्द्र तोक्न माग गर्दै स्थानियहरु सडकमा उत्रिएका छन् । रुरु गाँउपालिका केन्द्र निर्धारण संघर्ष समितिले अहिले चक्का जाम तथा रिडी बजार बन्दको आव्हान गरेको छ। अहिले रिडी पूर्ण रुपमा ठप्प छ ।
भने सो स्थानबाट बुटवल र तम्घास खैरेनी जाने सवारी तथा यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन् ।