६ जीवन बिमा कम्पनी थपिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

६ जीवन बिमा कम्पनी थपिए



 

काठमाडौं
नेपालमा ६ वटा नयाँ जीवन बिमा कम्पनी थपिएका छन् । हालै थपिएका ६ कम्पनीसहित अब जीवन बिमा कम्पनीको संख्या १५ पुगेको छ । बिमा समितिले असार र साउनमा दुई अर्ब चुक्ता पुँजी पुर्‍याएका ६ वटा जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । समितिले ज्योति, आईएमई, युनियन, रिलाइन्स, रिलायबल र सन नेपाल लाइफ इन्सुरेन्सलाई व्यवसाय सञ्चालन अनुमति दिएको हो

असार २० र साउन १८ गते गरी दुईपटक जीवन बिमा सञ्चालन अनुमति दिएको बिमा समिति नियमन विभाग प्रमुख शाम्बराज लामिछानेले जानकारी दिए । समितिबाट अनुमति पाएका आईएमई र युनियन लाइफ इन्सुरेन्स भने तत्कालै सञ्चालनमा आउने भएका छन् भने अन्यले व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरिरहेको उनले बताए । इजाजतप्राप्त गरिसकेका कम्पनी अब भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा जुटेका छन् ।
अन्नपूर्णपोष्टमा खबर छ ।