बिना मगरको बिजोग- पार्टीले पत्यायो, जनताले पत्याएनन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिना मगरको बिजोग- पार्टीले पत्यायो, जनताले पत्याएनन्



कैलाली- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर यतिबेला छाँयामा परेकी छन् । अघिल्लो निर्वाचनमा दोब्बर मतले विजयी भएकी उनको अहिले बेहाल छ ।

मगर अहिले दोब्बर मतले पछि परेकी छन् ।कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्री उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।

१५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।

अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए ।

अहिले उनका अघिल्लो पटकका प्रतिस्पर्धी सहयात्री भएर गठबन्धनमा उत्रिएका छन् भने अघिल्लो पटकको गठबन्धनको सहयात्री भएका तामाङ अहिले प्रतिस्पर्धी भएर मगरसँग प्रतिस्पर्धामा छन् ।