कास्कीबाट विन्दुकुमार थापा विजयी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कास्कीबाट विन्दुकुमार थापा विजयी



पोखरा– गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन्।

उनी कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (२) बाट विजयी भएका हुन्।

एमालेकी मिना गुरुङलाई १ हजार ३१० मतको अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका उम्मेदवार थापा प्रदेश सभा सदस्यमा निर्वाचित भए।

थापाले ९ हजार २७९ र गुरुङले ७ हजार ९७९ मत प्राप्त गरे।

राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे।