विवेकशीलद्वारा विपन्न मूसहर बस्तीमा लत्ताकपडा वितरण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विवेकशीलद्वारा विपन्न मूसहर बस्तीमा लत्ताकपडा वितरण



हिमाल पोस्ट /पुस २२

विवेकशील नेपाली दल, नवलपरासीको प्रमुख आयोजना र विवेकशील नेपाली दल, रूपन्देहीको सहकार्यमा गुठी पर्सौनी-३, नवलपरासी स्थित अति विपन्न मूसहर बस्तीमा “मानवताका लागि न्यानो माया” कार्यक्रम सम्पन्न भएको छ।15941794_1274956779241987_437179109_n

करिब ४५ घर धुरी रहेको मुसहर बस्तीमा लत्ताकपडा सहित प्रत्येक घर धुरीलाई कम्बल समेत बाँडीएको थियो। उक्त कार्यक्रमलाई संयोजन विवेकशील नेपाली दल, नवलपरासीका कार्यक्रम संयोजक “हेमन्त राज न्यौपाने”, कार्यक्रम अध्यक्षता अपाङ्ग सङ्घका जिल्ला अध्यक्ष “बच्चा राजभर” र प्रमुख आतिथ्यता मुसहर-टोलका ज्येष्ठ नागरिक “मोति चन्द मुसहर”ले गर्नु भएको थियो।15909571_1274957799241885_589506599_n

उक्त कार्यक्रममा प्रमुख सहजिकरण रेडियो नवलपुरका पत्रकार “रविन्द्र यादव”ले गर्नु भएको थियो भने हामीलाई विशेष सहयोग सञ्चार क्षेत्रमा एभिन्युज टेलिभिजनका हुसैन अन्सारी, रेडियो कावासोतीका शहबान अन्सारी, रेडियो सुनवलका सन्जय कुशवाह, गा.वि.स. सामाजिक परिचालिका साधाना राय साथै सुरक्षा सहयोग शस्त्र प्रहरी बलका महेन्द्र यादव र टिम, गुठी प्रहरी चौकीका प्रहरी रिषिराम यादव र टिमले गर्नु भएको थियो।15935945_1274960109241654_576318242_n 15935883_1274958282575170_1865339551_n 15879393_1274949965909335_1242685512_n 15935883_1274958282575170_1865339551_n 15941573_1274955982575400_1855367953_n 15941576_1274950489242616_664521362_n 15941616_1274956192575379_998842964_n