हेलिकोप्टर दुर्घटना: रक्षाध्यक्षको अवस्था गम्भीर भेटिए, ११ जनाको शव भेटियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हेलिकोप्टर दुर्घटना: रक्षाध्यक्षको अवस्था गम्भीर भेटिए, ११ जनाको शव भेटियो



काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ-१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ ।

रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । तर, संचारमाध्यमले चाहिँ रावत गम्भीररुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् ।

हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

समाचार एजेन्सी एनीका अनुसार उक्त हेलिकोप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।

सन् २०१५ को फेब्रुअरी ३ मा पनि रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला नागाल्यान्डको दीमापुरमा हेलिकोप्टर क्र्यास भएको थियो । एक महिना नबित्दै भारतीय सेनाको यो हेलिकोप्टर क्र्यास भएको हो । नोभेम्बर १९ मा अरुणाञ्चल प्रदेशमा पनि सवार १२ जनाको मृत्यु भएको थियो ।