विप्लवले गरे रोल्पा बन्द, सर्वसाधारण समस्यामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विप्लवले गरे रोल्पा बन्द, सर्वसाधारण समस्यामा



रोल्पा । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् ।
जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ ।

सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेका छैनन् । बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिँडेका विद्यार्थी घर फर्किएका छन् ।

अज्ञात व्यक्तिबाट मोबाइलमार्फत विद्यालय बन्द गर्न अनुरोध गरेकाले बिहानी तथा दिवाकक्षाका सबै पठनपाठन आज बन्द गर्नु परेको सदरमुकामकै एक विद्यालयका शिक्षकले जानकारी दिए ।