भूमिगत हुँदाका हतियारबारे बोले विप्लव - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भूमिगत हुँदाका हतियारबारे बोले विप्लव



काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले हतियारबारे बोलेका छन् । एमसीसीविरुद्ध राजधानीमा आयोजना गरिएको विरोध सभामा उनले हतियारको प्रशंग उठाएका हुन् ।

उनी भूमिगत राजनीति छाडेर शान्तिपूर्ण रानितिमा आएपछि विप्लव समूहले चलाएका हतियारबारे निकै चर्चा चलेको थियो । यहि प्रसङ्गलाई सम्वोधन गर्दै विप्लवले हतियारबारे बोलेका हुन् । तर उनले हतियार कहाँ छन् भन्नेबारे भने खुलाएनन् ।

उनले भने, ‘हामीलाई वार्तामा त आउनु भयो तर बन्दुक खोइ भनेर सोधियो’, उनले भने, ‘अहिले हामीसँग बन्दुकको कुरा नगर्नु। हामीसँग जनताको तागत छ। जनताको तागत बम र गोलीभन्दा बलियो हुन्छ।’ कार्यक्रममा उनले सरकारको प्रतिबन्धबीच आफू झन् शक्तिशाली भएर खुला राजनीतिमा आएको बताएका छन्।

अमेरिकी परियोजना एमसीसीविरुद्ध सोमबार राजधानीमा आयोजित विरोधसभामा पानीमा रुझ्दै उनले आफूहरू मूल्य चुकाउन तयार रहेको समेत बताए ।

‘हामीले लडेका हौँ, राज्यसत्ताविरुद्ध लडेकै हौँ । देशको सत्ता कति कमजोर थियो भन्ने हाम्रो लडाइँले पुष्टि गरेको थियो’, उनले भने, ‘भ्रष्टाचारीविरुद्ध लड्नुको सट्टा हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाइयो, दमन गरियो। हामी मूल्य चुकाउन तयार छौँ।’

उनले आफूहरुले प्रतिबन्ध झेल्ने क्रममा १२ जना साथीहरु गुमाएको पनि उनले बताए। ‘१२ जना कमरेडहरूको रगत मिसाएर यहाँ आएका छौँ। २५ सय योद्धाको बन्दी जीवन भोगेर आएका छौँ। तीन हजार भन्दा धेरै मुद्दा खेपेर आउँदैछौँ’, उनले भने, ‘हामीले उतिबेलै प्रतिबन्ध गलत छ भनेका थियौँ । तपाईंहरुको प्रतिबन्ध ठीक थिएन। तर हामी नयाँ प्रक्रियामा आएर तीन बुँदे सहमति भयो।’

उनले शान्ति वार्तामा आएपछि पनि शंका गरिएको बताए। ‘हामीलाई वार्तामा त आउनु भयो तर बन्दुक खोइ भनेर सोधियो’, उनले भने, ‘अहिले हामीसँग बन्दुकको कुरा नगर्नु। हामीसँग जनताको तागत छ। जनताको तागत बम र गोलीभन्दा बलियो हुन्छ।’

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध सोमबार राजधानीमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा खुलामञ्चमा सभा गरिएको छ। सभाका क्रममा अन्य नेताहरुले पनि आफ्ना धारणा राखेका थिए। विप्लवले सम्बोधन गर्ने क्रममा पानी परिरहेको छ। पानी परिरहेकाले उनी रुझ्दै आफ्ना कुरा राखिरहेका छन्।