अाधुनिक गीत "बिर्सिदिन्छु"मा देखिए नायिका के.की अधिकारी र निराजन प्रधान (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अाधुनिक गीत “बिर्सिदिन्छु”मा देखिए नायिका के.की अधिकारी र निराजन प्रधान (भिडियो सहित)



समीर प्रकाश पाण्डे

सानै देखि गीत संगीतमा झुकाब राख्दै आएका अनि पछिल्लो समय अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा बस्दै आएका गीतकार एवंम कलाकार हुन् साहज गुरुङ ।

यस्तै भुटानमा जन्मिएर झापामा बसेका यी गीतकार गुरुङले आफ्नो नयाँ नेपाली आधुनिक गीत “बिर्सिदिन्छु” सार्बजनिक गरेका छन् । यो गीतमा उदय सोताङ्गको आवाज रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत संगै सचिन सिंहको संगीत संयोजन रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ निर्माण भएको भिडियो लाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ । के एण्ड के को प्रस्तुति रहेको भिडियोमा केकी अधिकारी अनि निराजन प्रधानको ससक्त अभिनय रहेको छ ।