रुपन्देही २ मा एकाएक विष्णु पौडेलले गरे लीड, घण्टी पछाडि धकेलियो - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

रुपन्देही २ मा एकाएक विष्णु पौडेलले गरे लीड, घण्टी पछाडि धकेलियो



बुटवल- रुपन्देही क्षेत्र नम्बर २ एमाले उम्मेदवार विष्णु पौडेलले पहिलोपटक अग्रता बनाएका छन्।

जारी मतगणनामा उनले पहिलोपटक अग्रता बनाउँदै ५ हजार ३११ मत ल्याएका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मत ल्याए।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले ४ हजार ६० मत ल्याए। उनलाई सत्ता गठबन्धनको साथसमेत छ।