झापा १ मा विश्वप्रकाशकै कडा अग्रता, ५८ हजार मत गणना गर्न बाँकी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

झापा १ मा विश्वप्रकाशकै कडा अग्रता, ५८ हजार मत गणना गर्न बाँकी



झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिइरहेका छन्। अहिले मतगणना जारी छ।

अहिलेसम्म २४ हजार ८ सय १४ मतगणना भएको छ। शर्माले १२ हजार ७०० मत ल्याएका छन्। सुरुवातदेखिको अग्रतालाई हेर्दा शर्माले निर्वाचन जित्ने देखिन्छ ।

यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले ७ हजार ७८८ मत ल्याएका छन्। शर्मा र खरेलबीच ४ हजार ९०१ को मतान्तर छ।

तर आधा पनि मत गणना नभएकोले यसै भन्न सक्ने अवस्था छैन । एमालेका केहि नेताहरूले खरेलको कोर एरिया आउन बाँकी रहेको तर्क समेत गरेका छन् ।

यहाँ करिब ५८ हजार मत गणना गर्न बाँकी छ।