बिपीका अनुयायी नै अर्ग्यानिक काँग्रेसी हुन, अरू सबै अवसरवादी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिपीका अनुयायी नै अर्ग्यानिक काँग्रेसी हुन, अरू सबै अवसरवादी



कर्ण अधिकारी-

नेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३८ औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन ।

नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले नेपाल र नेपाली जनताका लागि दिनु भएको योगदान र राष्ट्रिय मेल मिलापको नितिबाट बर्तमान परिप्रेक्षमा नेपाली कांग्रेस पार्टी राष्ट्रियता, लोकतन्त्र र समाजवादको नितिबाट बिस्तारै बिमुख हुँदै अगाडी बढिरहेको अबस्थामा एउटा नेपाली कांग्रेसको कृयाशील सदस्यको हैसियतले कांग्रेसले भुल्दै गएका ति नितिहरूलाई स्मरण गराउन खोजेको मात्र हुँ।

बर्तमान अबस्थामा अर्गानिक काँग्रेसी पाउनै गारो भई रहेको अबस्थामा सबै अबसरबादी काँग्रेसीको घण्टी बजाउनका लागि असल कार्यकर्ताहरू लागि पर्न जरूरी देखिन्छ।

जन नायक बीपी कोईरालाले बिगतका दिनमा नेपालको भौगोलिक बनावट र त्यस समयका नेपाली जनताका दैनिकीलाई मध्यनजर राख्दै प्रतिपादन गर्नु भएको समाजवादको निति अहिले आएर पनि त्यतिकै समय सान्दर्भिक छ । बीपीको समाजबादको नितिको खासै अर्थ लगाउने हो भने नेपाली जनताको जीवनलाई कसरी सरल र सहज बनाउने भन्ने नै हो ।

हरेक नेपाली जनताले बस्नका लागि सानो झुपडी होस, बिहान बेलुकी खानाको लागि परिश्रम गर्ने केहि जमिन होस, एउटा लैनो गाई होस, छोरा छोरीले राम्रो शिक्षा पाउन र बिरामी पर्दा औंषधी उपचार पाउन भन्ने बिचारमा नै केन्द्रित भएर समाजवाद लागु गरीएको थियो । आज पनि ति बिचार त्यतिकै लोकप्रिय छन, किनकी आजको दिनसम्म पनि लाखौ लाख नेपाली जनताहरू समाजवाद भित्र केन्द्रित भएका कुराहरूबाट बिमुख छन ।

कुनै पनि सरकारले यस्ता समस्याहरूलाई समाधान गर्न सकेका छैनन । बीपीको समाजवादलाई कांग्रेसले ब्यबहारमा उतार्न नसक्नु भनेको एकदमै दुखदायी कुरा हो । नेपालका अन्य राजनितिक दलका नेताहरूले पनि बीपीको समाजवादलाई मनन गर्ने हो भने नेपालले समयमा नै समुन्नत नेपालको मार्गलाई चुम्ने थियो।

देश बिकासका लागि ५०औं बर्ष पछाडीका बिकासका काल्पनिक खाकाहरूलाई सपना बनाई नेपाली जनताका माझ नेपालका बर्तमान प्रधानमन्त्री केपी ओलीले झै बाड्नुको कुनै अर्थ छैन । बर्तमान अबस्थामा नेपाली जनताको समस्या बुझेर जनताको मर्म बुझ्दै समस्या समाधान गरी अगाडी बढ्नु नै राम्रो हुनेछ । जसरी रूख बलियो हुनका लागि त्यसको जरा पनि त्यतिकै गहिराईमा जान जरूरी छ यदि हांगा भन्दा जरा कम गहिराईमा भयो भने त्यो रूख ढलि हाल्छ । केपी ओलीको बिकासको सपना पनि हांगा बढि भएको रूख सरह नै छ तसर्थ त्यसको पनि केहि अर्थ छैन ।

त्यो त केबल केहि क्षणका लागि सस्तो लोकप्रियताका लागि मात्र हो । बिचार त बीपीको जस्तो हुनुपर्छ जुन बिचार आज सम्म पनि कालजयी नै छ।

बीपी कोईरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नितिलाई अपनाएर प्रवासबाट नेपाल आउनु भएको थियो । मेलमिलापको निति बिना देशमा राजनिति, सामाजिक तथा आर्थिक बिकासका मार्गहरू खुल्ला नहुने हुँदा राष्ट्रिय मेलमिलापको निति अपनाउनु भएको थियो । जुन नितिबिना आज पनि नेपालका राजनितिक दलहरूबीच सहमति र सहकार्य हुन कठिन छ । बीपीको मेलमिलापको निति र गिरिजा प्रसाद कोईरालाको सहमति र सहकार्यले नेपालको राजनितिमा अमिट छाप पारेको छ।

बीपी कोईरालामा देश र जनताका हितका लागि जुन किसिमका बिचार थियो आज आएर त्यस्तो किसिमको बिचार न कांग्रेसका शीर्ष नेतामा नै देखियो न त कार्यकर्तामा नै अरू राजनिति दल भित्रका त कुरै नगरौ । नेपाल र नेपाली जनताका लागि आफ्नो जीवनको स्वर्णीम पलहरू नेपाल सुन्दरीजल स्थित जेलघरमा नै बिताएका बीपी कोईराला एक कुशल साहित्यकार पनि हुन ।

उहाँले लेख्नु भएका उपन्यासहरू तिन घुम्ति, सुम्निमा, नरेन्द्र दाई, मोदी आईन, हिटलर, यहुँदी, बाबु आमा र छोरा हुन भने कथाहरू दोषी चश्मा र श्वेत भैरवी हुन । आफ्नो जीवनका सम्पूर्ण समय राजनितिका निम्ति सुम्पिएका कोईरालालाई यदि कांग्रेसले भुल्दै गएको खण्डमा नेपाली कांग्रेसले ठूलै मुल्य चुकाउनु पर्नेछ । नेपाली कांग्रेस पार्टीले बीपीको समाजबादलाई आजको परिबर्तित नेपाली समाजमा लागु गर्न सकेको खण्डमा बीपी कोईरालाको आत्माले सधै भरी शान्ति पाई रहने छ।

जय नेपाल।
कर्ण बहादुर अधिकारी
संस्थापक सचिव
नेपाली जनसम्पर्क समिति मकाउ।