३२ बर्ष पछी बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम सुरु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

३२ बर्ष पछी बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम सुरु



हिमाल पोस्ट / २ मंसिर, काठमाडौं । एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ ।
निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन ०४० मा भएको थियो ।

ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना बन्ने गोरखा र धादिङका सांसद, प्रमुख जिल्ला अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरी जग्गा अधिग्रहण अगाडि बढाउन ११ बुँदे निर्णय गराएका आजको नयाँ पत्रिकामा समाचार छ ।

मन्त्री शर्माले अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरी तीन महिनाभित्र वितरण गरिसक्ने बताए । शर्माले भने, ‘अब तीव्र रूपमा मुआब्जा निर्धारण गरी रकम वितरण गरिनेछ ।’

बुढीगण्डकी आयोजनाबाट गोरखा र धादिङको एक लाख २३ हजार नौ सय २१ रोपनी जग्गा डुबानमा पर्नेछ । गोरखा र धादिङतर्फ क्रमशः ३० हजार ७८ र २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्नेछ । यसमध्ये निजी ५८ हजार एक सय ५३ र सरकारी ३३ हजार दुई सय ७१ रोपनी जग्गा डुब्नेछ । आयोजनाले डुब्ने निजी जमिन अधिग्रहण गर्नुपर्नेछ । ३२ हजार चार सय ९७ रोपनी भीर, पहरा, वन, बुट्यान भएको जमिन डुब्ने आयोजनाले जनाएको छ ।