सर्वोच्च अदालतमा बम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सर्वोच्च अदालतमा बम



काठमाडौं ।

सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि त्यहाँ भागदौड मच्चिएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए । सर्वोच्चमा तनाव सिर्जना हुँदा आजका सबै इजलास स्थगित गरिएका छन् ।

प्रहरीले अहिले सर्वोच्च अदालतमा माइकिङ गर्दै परिसर खाली गराउन अनुरोध गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि सर्बोच्चमा पुगेको छ । प्रहरीका अनुसार भवन खाली गराएर चेकजाँच भइरहेको छ । बमको हल्लासँगै आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएका छन् ।