कावासोतीमा बस दुर्घटना हुँदा ३० जना नेपाली सेना घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कावासोतीमा बस दुर्घटना हुँदा ३० जना नेपाली सेना घाइते



नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती
नगरपालिका–३ स्थित राजमार्गमा नेपाली सेना सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना भएको हो ।

ना ६ ख ४०४ नंको बस आफेँ अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बसमा ४० नेपाली सेना थिए । फाइल तस्बिर :