बुटवलमा कोरोना तनाव: तीन घन्टामा तीन संक्रमितको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवलमा कोरोना तनाव: तीन घन्टामा तीन संक्रमितको मृत्यु



बुटवल- बुटवलमा सोमबार एकैदिन तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । सोमबार बिहान तीन घन्टाको अवधिमा तीनजना संक्रमितको मृत्यु भएको हो ।

लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका अनुसार बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा तीन तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी– ५ की ७९ वर्षीया महिलाको बिहान ९ बजेर ५० मिनेटमा, वाणगंगा– ३ कपिलवस्तुका ७९ वर्षीय पुरुषको ७ बजेर १४ मिनेटमा र तिलोत्तमा– १ रुपन्देहीकी ७१ वर्षीया महिलाको ७ बजेर २५ मिनेटमा मृत्यु भएको छ ।

अर्घाखाँचीकी महिला यही चैत २७ गते कोभिड– १९ पजिटिभ रिपोर्ट आएपछि २७ गतेबाट अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । उपचारका क्रममा सोमबार बिहान ९ बजेर ५० मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, कपिलवस्तुका पुरुष पनि २७ गते कोभिड– १९ देखिएपछि २७ गतेबाट नै भर्ना भएका थिए । उनमा ज्वरो, निमोनिया, मधुमेह र श्वास–प्रश्वासमा समस्या थियो । उनको उपचारका क्रममा बिहान ७ बजेर १४ मिनेटमा मृत्यु भएको थियो ।

त्यस्तै रुपन्देहीकी महिला २१ गते कोभिड– १९ रिपोर्ट पजिटिभ आएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । उनको बिहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।