एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनले बिहीबारको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आफू अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका हुन्।












