१२ जिल्लाका सीडीओको सरुवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१२ जिल्लाका सीडीओको सरुवा



काठमाडौं- गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । आइतबार गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर १२ सीडीओको सरुवा गरेको हो ।

गृह मन्त्रालयको निर्णय अनुसार किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ ।

वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमन्त्रालय तानिएको छ ।

राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।