छाडा चौपाया नियन्त्रण किन नगरेको भन्दै नेबिसंघको ज्ञापनपत्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

छाडा चौपाया नियन्त्रण किन नगरेको भन्दै नेबिसंघको ज्ञापनपत्र



विशाल पाण्डेय / घोडाघोडी ।
नेपाल विद्यार्थी संघ घोडाघोडी नगरकार्य समितिले घोडाघोडी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । छाडा चौपाया नियन्त्रण गर्न माग गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहलाई नगर कार्य समितिले बुधबार ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघ घोडाघोडी नगरकार्य समितिका संयोजक कलक जंग सिंहद्बारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा, छाडा चौपायालाई धारिलो हरियार प्रयोग गरी घाइते बनाउने कार्य देखिएको हुँदा त्यस्ता जघन्य अपराधको नेपाल विद्यार्थी संघ घोडाघोडी नगरकार्य समितिद्बारा घोर आपत्ति प्रकट गरिएको उल्लेख गरिएको छ ।

घोडाघोडी नगरपालिकाले विभिन्नि समयमा छाडा पशु चौपाया व्यवस्थापनको नाममा ठुलै धनरासी हिनामिना भएको तर गाई व्यवस्थापन हुनुको सट्टा झन विकराल बन्दै गएको देखिएको र यसमा नेपाल विद्यार्थी संघ घोडाघोडी नगरकार्य समितिको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा गाई व्यवस्थापनको नाममा निकासा भएको पुरानै रकम बाट पुन: छाडा चौपाया एक हप्ता भित्र व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गरीएको छ । तोकिएको समयमा छाडा चौपाया व्यवस्थापन नभएमा कडा भन्दा कडा आन्दोलन गरीने ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

यता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले छाडा पशु चौपायाको व्यवस्थापन स्थानीय सरकारले गर्न नसक्ने हुँदा प्रदेश सरकारसंग छलफल चलिरहेको बताए । नगरपालिकाले गत आर्थिक बर्षमा छाडा पशु चौपायाको लागि लाखौं रकम खर्च गरेपनी व्यवस्थापन हुन सकेन । उनले भने , ” कैलाली र कंचनपुरमा धेरै नै समस्या छ , त्यसको व्यवस्थापनको लागि प्रदेश सरकारले दीर्घकालीन योजना बनाएर व्यवस्थापनमा लाग्नुपर्छ ।” स्थानीय सरकारले मात्र छाडा पशु चौपायाको व्यवस्थापन गर्न नसक्ने हुँदा आर्थिक बर्ष २०७६/०७७ को लागि घोडाघोडी नगरपालिकाले बजेट विनियोजन नगरेको समेत सिंहले जानकारी दिए ।