बुटवल उपमहानगरपालिकाद्धारा ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई चाडपर्व खर्च - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवल उपमहानगरपालिकाद्धारा ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई चाडपर्व खर्च



११ असोज, बुटवल उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई सम्मानस्वरुप चाडपर्व खर्च उपलब्ध गराएको छ ।

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरी प्रतिव्यक्ति रु दुई हजारका दरले उक्त रकम उपलब्ध गराइएको हो ।

नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई यस किसिमको रकम उपलब्ध गराउने निर्णयबमोजिम रकम वितरण कार्य शुरु गरिएको कार्यबाहक प्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो ।