के हुँदै छ आठ लेनको बाहिरी चक्रपथ ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के हुँदै छ आठ लेनको बाहिरी चक्रपथ ?



भदौ ८, काठमाण्डौ ।

उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ ।

चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो ।

बारिही चक्रपथ विकास आयोजनालाई आगामी बर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आयोजनाले पहिलो चरणअन्तर्गत चोभार – सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको आयोजनाका अधिकृत ध्रुव सापकोटाले जानकारी दिए ।

बाहिरी चक्रपथ आठ लेनको हुनेछ ।