सबै पार्टीमा युवाहरु नेतृत्वमा आएमात्र देशका समस्या समाधान हुन्छन्- चन्द्र भण्डारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सबै पार्टीमा युवाहरु नेतृत्वमा आएमात्र देशका समस्या समाधान हुन्छन्- चन्द्र भण्डारी



गुल्मी । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् ।

शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उनको भनाइ छ ।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ ।

जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामहरुलाई पूरा गर्नेगरी काम गर्ने भण्डारीले बताए ।