चेन्नईलाई सिजनकै सबैभन्दा ठुलो लक्ष्य: जित्न सके इतिहास बन्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चेन्नईलाई सिजनकै सबैभन्दा ठुलो लक्ष्य: जित्न सके इतिहास बन्ने



काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई जितका लागि सिजनकै सबैभन्दा बढी २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।

सारजाहमा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो ।

राजस्थानको फराकिलो स्कोरमा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले ।

सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए ।

यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे ।

चेन्नईका लागि साम करनले ३ विकेट लिए । यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो ।

राजस्थानको भने यो पहिलो खेल हो । राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

यदि यो लक्ष्य चेन्नईले पुरा गर्न सकेमा आइपिएलमा इतिहास बन्ने छ । अहिले सम्म आइपिएलमा २१७ भन्दा सम्मको लक्ष्य पुरा भएको छैन ।