छन्द-तरङ्गको वार्षिकोत्सव: मन्त्री योगेशले गरे ५० हजार दिने घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

छन्द-तरङ्गको वार्षिकोत्सव: मन्त्री योगेशले गरे ५० हजार दिने घोषणा



काठमाडाैँ । छन्द तरंग नेपालले आफ्नो प्रथम वार्षिकाेत्सवमा छन्दकविहरुलाई सम्मान गरेको छ । कुञ्ज थिएटर (लेखन कुञ्ज)मा आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वरिष्ठ छन्दकवि रमेश खकुरेललाई २५ हजार नगदसहित “छन्दसाधना पुरस्कार- २०७६” प्रदान गरिएको थियो ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री योगेश भट्टराईले संस्कृति जोगाउन छन्द-तरङ्गको भूमिका महत्वपूर्ण रहने भन्दै यसको सम्बर्दनको लागि आफुले ५० हजार दिने घोषणा पनि गरेका थिए ।

उक्त कार्यक्रममा वर्षभरि हरेक महिना ३ जनाका दरले छन्द तरंगकाे विशेष श्रृंखलामा प्रस्तुत भएका ३६ जना छन्दकविहरुमध्ये ३४ जना कविलाई पनि सम्मान अर्पण गरिएकाे थियाे ।

समारोहको अवसरमा छन्द-तरङ्गको शृङ्खला १ देखि १२ सम्म समेटिएको ‘छन्द-तरङ्ग भाग-१’ काे समेत विमोचन पनि गरिएकाे थियाे ।

साथै छन्द-तर‌ंगकाे १२औं श्रृंखलामा तीन जना कवि/कवयत्रीका छन्दकविता समेत साेही अवसरमा वाचन गरिएकाे थियाे । जसमा हेमचन्द्र नेपाल, अलका आत्रेय र ज्ञानु विद्रोही रहेका थिए ।