छत्रदेवको सान सुन्दर , शान्त र समृद्ध पालिका हाम्रो अभियान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

छत्रदेवको सान सुन्दर , शान्त र समृद्ध पालिका हाम्रो अभियान



हिमाल पोस्ट /साउन ८ 

नेपालको संविधान २०७६ को सङ्घीय शासन प्रणाली अवलम्बन हुने संवैधानिक व्यवस्था अनुसार २०७४ -३- १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको माध्यमबाट छत्रदेव गाउँ कार्य पालिका निर्वाचित जन-प्रतिनिधिको इतिहासिक प्रथम बैठक मिति २०७३-४-७ गते गाउँ कार्य पालिकाको कार्यलयमा पालिका सम्मानिय अध्यक्ष श्री लेखनाथ पोख्रेलको अध्यक्षतामा बसी स्वगर पूर्ण रूपमा सम्पन्न भएको छ ।  गाउँ कार्य पालिका अध्यक्ष \ उपाध्यक्ष लगायत सम्पूर्ण सदस्य ज्यु बाट कार्यपालिका क्षेत्र विकास तथा समृद्धिका लागि गहन छलफल भई नागरिक लाई प्रदान हुने सेवा लाई छिटो छरितो तथा सुशासनको मान्यतामा आधारितको लागि विकास सुशासनलाई प्रत्यक्ष र परोक्ष रूपमा कार्यन्वयन ल्याउने विषयमा सबैको एकमत रयो ! छत्रदेव गाउँपालिका प्रथम बैठक बाट देया अनुसारका निर्णय सम्पादन भएकोले जानकारी गराइन्छ।

निर्णय सङ्क्षित

१ – शैक्षिक व्यवस्था सुधारको लागि आगामी शैक्षिक सत्र देखि यस गाउँपालिकाका सबै शैक्षिक संस्था मा अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गरी माध्यमिक तह सम्म पुराउने निर्णय गरिएको छ ।
– विद्यार्थी को क्षमता र नतिजा लाई आधार बनाइ शिक्षक लाई प्रोत्साहन तथा पुरस्कृत गरिने ।

२- प्रत्येक विद्यालयमा गुनासो बक्स राखिने ।

३- प्रत्येक चौमासिकमा सामाजिक सुरक्षा भत्ता ( वृद्ध भत्ता ) वितरण गरिने सँगै जेष्ठ नागरिक ‘ एकल महिला ‘ अपाङ्ग एवम् असक्तको स्वास्थ्य परीक्षणको लागि शिविर संञ्चालन गरिने ।

४- छत्रदेव भित्र रहेका क्रमगत खानेपानी योजना लाई छिटो सम्पन् गर्न लागि पर्ने साथै छत्रदेव गाउँपालिका लाई सुख्खा क्षेत्र घोषणा गरी केन्द्र तथा दात्री निकाय बाट सहयोग लिई खानेपानी को विशेष सहयोग लिने ।

५- छत्रदेवको विद्युत् समस्या समाधान को लागि काठको पोलहरू हटाइ फलामे पोल बिस्तार गर्ने ( सुरुवात धेरै जटिल ) वडा लाई तत्काल काठको पोल मुक्त क्षेत्र गर्न को लागि कार्य सुरु गर्ने ‘ क्रमशः छत्रदेव लाई काठको पोल मुक्त क्षेत्र घोषणा गर्न ।

६- छत्रदेव भित्र यातायात सहजतको लागि ” छत्रदेव गाउँ यातायात गुरु योजना ” DPR तयार गरी कोडिडोर बिस्तार गरिने ।

७- युवा जन-शक्ति कृषि तथा पसुपालन व्यवसाय प्रति आकर्षित गर्ने वैदेशिक रोजगार बाट फरकेका लाई प्रोत्साहन गरी अनुदान प्रक्रिया बाट दिने ” आफ्नै घर रोजगारीको भर ” अभियान चलाउने ।

८- किसानले लगाएको खेत बारी संरक्षणको लागि कम्तीमा वर्षको २ महिना बादरको समस्या समाधानको लागि देखालु र घेरालु सुरक्षा व्यवस्था गरिने र यसको लागि बजेट व्यवस्था पनि गरिने छ ।  साथै आधुनिक समाधनको उपाय अवलम्बन गरिने छ ।

९- छत्रदेवमा फिल्डको अनुगमन गरी खेल मैदान निर्माण गरिने छ ।

१० – जन- प्रतिनिधि ले कुनै कार्यक्रममा सम्बोधन गर्दा जय छत्रदेव उच्चारण गर्नु पर्ने छ ।

११- छत्रदेवमा स्थानीय रेडियो ‘ टेलिभिजन सञ्चालन गरिने ।

क्रमशः ….

आधा दर्जन भन्दा बढी कार्यविधि , नियावली , आचारसंहिता पास गर्दै बैठक सम्पन भएको छ ।

ठाकुर पन्थीको सहयोगमा हिमाल पोस्टको लागी एक रिपोट ।