म एउटी छाउपडी रिपोर्टर - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

म एउटी छाउपडी रिपोर्टर



काठमाडौं- म कान्तिपुरको अछाम संवददाता हुँ, तर यहाँ मलाई धेरैले छाउपडी रिपोर्टर भन्दै जिस्क्याउँछन् । खाशमा जिस्क्याउने मात्र गर्दैनन्, कहिलेकाहीं गाली गर्छन् र धम्क्याउँछन् पनि । अब त यस्ता घटना सामान्य भइसक्यो ।

मैले यहाँ छाउगोठमा दुख पाएका महिलाहरुका बारेमा समाचार लेख्दै आएकी छु । लेख्न त अरु विषयमा पनि लेख्छु तर छाउपडी कुप्रथाविरुद्ध धेरै लेख्ने गरेकाले होला, मलाई यहाा छाउपडी रिपोर्टर भनेर होच्याउने गरिएको ।

तर, कुनैबेला आफै छाउगोठमा बस्नु परेकाले मलाइ यसको दुखपीडा थाहा छ । खाशमा त्यसैले उर्जा लागिरहन्छ यसबारे लेख्न बोल्न । तर यो काम सजिलो भने छैन ।

छाउपडीको समाचारले अछामको बदनाम भयो भन्दै कतिपय राजनीतिक नेता, कर्मचारी र प्रतिनिधिले आपति प्रकट गर्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।