नेपाललाई १५ अर्ब अनुदान दिने चीनको घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाललाई १५ अर्ब अनुदान दिने चीनको घोषणा



काठमाडौं- नेपाललाई चीनले १५ अर्ब रुपैयां अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा गरे ।

सन् २०२२ का लागि ८० करोड चिनियां युआन अनुदान सहायता घोषणा गर्ने जानकारी दिएका हुन् ।चीनको सान्दोङ्कोको छिन्दाओमा भएको भेटवार्तामा चिनियां विदेशमन्त्रीले उक्त घोषणा गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

बैठकमा काठमाण्डौंदेखि केरुङसम्मको रेलमार्गको सम्भाव्यता अध्ययनमा समेत चीनले अनुदानमा सहयोग गर्ने घोषणा गरेको छ । चिनियां पक्षले ७२.२५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैया लाग्ने बताएको थियो ।

त्यसका साथै नेपाल चीन अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने घोषणा बैठकमा चिनियां विदेशमन्त्रीले गरेका छन् ।

मंगलवार चीन भ्रमणमा गएका मन्त्री खड्काको भोली स्वदेश फर्कर्ने कार्यक्रम छ । दुवै विदेशमन्त्रीस्तरिय वार्तामा कोभिडपछी बन्द भएका नाकाहरुको संचालन, चीनमा अध्ययन गरिरहेका नेपाली विद्याथीहरुलाई स्वदेश फर्काउने र नेपालमा रासायनिक मल कारखाना संचालनका लागि सहयोग गर्नेबारे समेत सकरात्मक छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।