चीन र भारतबीच सीमा विवादबारे आज वार्ता - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

चीन र भारतबीच सीमा विवादबारे आज वार्ता



एजेन्सी- लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदै छ।

दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चीनीयाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ ।

उनीहरबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ । झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् ।

विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ ।