चीनसँग नेपालका तीन महत्वपुर्ण सम्झौता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनसँग नेपालका तीन महत्वपुर्ण सम्झौता



९ भदौ, काठमाडौं ।
नेपालको भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङ बिहीबारदेखि काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले शुक्रबार उनीसँग चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्नसक्ने भौतिक पूर्वाधारका परियोजनाहरुबारे जानकारी दिँदैछन् ।

चिनियाँ उपप्रधानमन्त्री नेपाल भ्रमणबाट फर्केको केहि दिनमा मन्त्री युआन काठमाडौं आएका हुन् । उपप्रधानमन्त्री वाङको भ्रमण क्रममा नेपाल र चीनबीच तीन वटा सम्झौता/समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

एक अर्ब आरएमबी अनुदान र प्राविधिक सहयोग अरनिको राजमार्गको स्तरोन्नती, तातोपानीस्थित मैत्री पुल र रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गर्ने सम्झौता छ ।

यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता पनि भएको थियो । र, नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मन्त्री युआनको काठमाडौं यात्रा ती सम्झौताको कार्यान्वयन र सहयोगका विस्तृत क्षेत्र पहिचानमा केन्द्रत हुने छ । उपप्रधानमन्त्री वाङको भ्रमणका बेलामा सडक, सुरुङमार्ग, विद्युत प्रसारण लाइन निर्माण र उत्पादनमा लगानी आकषिर्त गर्न सकिने प्रस्ताव नेपाली पक्षले अगाडि सारेको थियो ।