चीनमा फेरि फैलियो समुदायस्तरमा कोरोना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनमा फेरि फैलियो समुदायस्तरमा कोरोना



काठमाडौं- चीनमा पछिल्लो सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६४ जना स्थानीय रुपमै संक्रमित भएका हुन् भने चारजना विदेशबाट आएका व्यक्ति हुन् ।

पछिल्लो पाँच महिना यता चीनमा एकै दिन स्थानीय रुपमा संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा थपिएको हो ।

६४ स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको चीनका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८६ हजार ७८३ रहेको छ । त्यसमध्ये चार हजार ६५६ जनाको ज्यान गएको चीनको भनाई छ ।