चीनले भन्यो: हामीलाई ट्रम्पको आवस्यकता छैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनले भन्यो: हामीलाई ट्रम्पको आवस्यकता छैन



बीबीसी- भारतसँगको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति चीनले प्रतिक्रिया जनाएको छ ।

सरकारी समाचारपत्र ‘ग्लोबल टाइम्स’ मा प्रकाशित एक लेखका अनुसार चीनले भारतसँग जारी विवादलाई अमेरिकाको मध्यस्थताका माध्यमबाट समाप्त गर्ने प्रस्ताव अस्वीकार गरेको छ ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र भारत आपसमा छलफल गरेर समस्या समाधान गर्न पूर्ण सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।

दुवै देशसँग छलफलका माध्यमबाट मुद्दा सुल्झाउने उचित तन्त्र कायमै रहेको प्रवक्ताको भनाइ छ । अखबारमा लेखिएको छ, “दुवै देशलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस्तो सहयोग आवश्यक छैन । दुवै देशले अमेरिकाबाट सतर्क रहनु आवश्यक छ । उसले यो क्षेत्रमा शान्ति र सद्भाव बिगार्ने अवसर खोजिरहन्छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले दुईपटक भारत र चीनबीच सीमा क्षेत्रमा जारी तनावको विषयमा मध्यस्थताको प्रस्ताव गरिसकेका छन् ।