चीनलाई उछिन्दै भारत: संक्रमण उच्च, ठिक छैन अवस्था - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनलाई उछिन्दै भारत: संक्रमण उच्च, ठिक छैन अवस्था



नयाँ दिल्ली- भारतमा ५ दिनमा २० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। बिहीवार ३ हजार ९ सय ९५ नयाँ थपिएपछि भारतमा कोभिड-१९ संक्रमितको संख्या ८२ हजार ८५ पुगेको छ। यो संख्या चीनमा संक्रमितभन्दा ८ सय ४८ जनामात्र कम हो।

चीनमा ८२ हजार ९ सय ३३ जना संक्रमित छन्। आज नै भारतले चीनलाई संक्रमितको संख्याम उछिन्ने छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस चीनमा करिब करिब नियन्त्रणणमा छ।

त्यहाँ गएको ३४ घन्टमा नयाँ ४ जनामा मात्र संक्रमण देखिएको छ। चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्।

यता भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६ सय ४६ पुगेको छ। बिहीवार ९९ जनाको कोरोनाका कारण मृत्यु भयो। भारतमा अहिलेसम्म २७ हजार ६ सय ८६ जना संक्रमणमुक्त भइसकेका छन्।