प्रधानमन्त्री देउवा चीन भ्रमण जादै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री देउवा चीन भ्रमण जादै



काठमाडौँ, २३ भदौ–

छिमेकी राष्ट्र चीनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएको छ । यधपी भ्रमणको मिति भने केहि समुआ पछी तय गरिने बताइएको छ ।

चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत चीनले देउवालाई भ्रमणको निम्तो दिएको हो ।

प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँग बिहीवार भएको भेटमा चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएका हुन्  । यसैगरी महराले चीनका राष्ट्रपति सि चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका छन् ।

ह्लासा–काठमाडौँ रेलमार्ग प्रक्रिया अगाडी बढाइने यसैबीच, चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ ।

चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।