चितवनको विकास र संवृद्धिका लागि प्रचण्ड अनिवार्य विजयी हुनुपर्ने : नागरिक अवगुवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चितवनको विकास र संवृद्धिका लागि प्रचण्ड अनिवार्य विजयी हुनुपर्ने : नागरिक अवगुवा



चितवन, मंसिर १५ ।

चितवनमा विभिन्न पेशामा आवद्ध पेशाकर्मी र नागरिक समाजका अगुवाले ‘प्रचण्ड विजय अभियान’ लाई साथ दिने बताएका छन । जिल्लामा क्रियाशिल इन्जिनियर, चिकित्सक, वलिक, अध्यापकसहितका पेशाकर्मीले अभियानलाई सहयोग गर्ने निर्णय गरेका हुन ।

शुक्रवार भरतपुर–६, चोकबजारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘नागरिक समाजसँग प्रचण्ड’ नामक अभियानको उद्घाटन गरेका छन् ।

इन्जिनीयर, डाक्टर, वकिल, प्रध्यापकसहितका पेशाकर्मीको माझ अभियानको उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले चितवनको विकासका लागि ठुलो धक्का दिन चाहेको बताए ।

उनले भने, ‘चितवन विकासको योजना सहित यहाँ आएको छु, माडी क्षेत्रमा नदि नियन्त्रण गुरुयोजना, बन्यजन्तुको आतंक रोक्नका लागी मेशजाली, माडी र बाँकी चितवन जोड्ने सुरुङमार्ग निर्माण गर्न प्रतिवद्ध छु ।’

कम्युनिष्टहरु मिल्ने भए भनेपछि देशभित्र र बाहिर पनि ठुलो तरंग यसअघि आफूले अनुभूत नै नगरेको भन्दै उनले भने, ‘निकै ठुलो तरंग पैदा भएको छ, इभन जनयुद्ध शुरु गर्दा पनि यत्ति ठुलो राजनीतिक र बौद्धिक तरंग पैदा भएको थिएन् ।’

यो तरंगबाट वामपन्थी जनतमत उत्साहित भएको र विपक्षीहरु विक्षिप्त भएको उनले बताए । ‘विपक्षीहरुले एकातिर देश अधिानयकवादमा जाने भयो जनताले हाँस्न रुन पनि नपाउने भए भनेर प्रचार गरेका छन्’ उनले भने, ‘ अर्कोतिर तिनै साथीहरु यो एकता धेरै दिन टिक्दैन चुनावी रणनीति मात्र हो भनेर प्रचार गर्दैछन्, दोहोर प्रचारले के देखिन्छ भने साथीहरु अलि बढी नै बिक्षीप्त भएका छन् ।’

चितवनको विकास र संवृद्धिका लागि प्रचण्ड अनिवार्य विजयी हुनुपर्ने नागरिक अवगुवाहरुले बताएका छन् । नागरिक समाजका अगुवा डा भोजराज अधिकारीले स्वास्थ्यमा नागरिकको सर्वसुलभ पहुँच र शिक्षाको लागि प्रचण्डको बिजय अनिवार्य भएको बताउँदै आफ्नो दलगत राजनीति छोडेर योग्य र सक्षम उम्मेद्वारलाई मतदान गर्न आम नागरिकलाई अपिल गरे । उनले भने, ‘मैले चोहको सर्वसुलभ शिक्षा र स्वास्थ्यका लागि प्रचण्डमात्र सक्षम र योग्य छन् ।’

त्यस्तै उद्योग परिसंघका उपाध्यक्ष एवं उद्यमी कृष्णप्रसाद अधिकारीले चितवनको समग्र विकास र राष्टको राजनीतिक निकासका लागि चितवनबासीले विशेष भूमिका खेलनुपर्ने बताए ।

उनले चितवनको औधोगिक विकासमार्फत सम्पूर्ण समस्याको हल प्रचण्डको विजयले मात्र हुने भन्दै दोस्रो पटक प्रधानमन्त्री हुँदा भरतपुरमा निर्माण भई हाल सञ्चालनमा आएको प्रदर्शनी केन्द्रको समुचित सञ्चालन र चितवनको शक्तिखोरमा निर्माणाधिन अन्तर्राष्टिय स्तरको औधोगिक ग्रामको यथोचित सञ्चालनका लागि पनि प्रचण्डको जित हुनैपर्ने बताए ।

बुद्धिजीवी रामकुमार तिवारीले चितवनको आर्थिक, सामाजिक राजनीतिक र भौतिक पूर्वाधारको विकासका लागि प्रचण्डसँग अरु कसैको तुलना गर्न नसकिने बताउँदै प्रचण्ड विजय अभियानमा लामबद्ध हुन आम चितवनबासीलाई आह्वान गरे ।

त्यस्तै व्यवसायी मित्रराज दवाडीले चितवनको कृषिमा आधुनिकीकरण गरी व्यवसायिक उत्पादन गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना प्रचण्डको विजयले मात्र संभव हुने ब ताए । उनले भेन, ‘आउनुहोस्, हामी सवै संवृद्धि, विकास र सशासनको पक्षमा सहभागी बनौं ।’