चितवनमा प्रचण्डलाई घेराबन्दी, राप्रपाका बिक्रम पाण्डे रुख चिन्हमा चुनाव लड्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चितवनमा प्रचण्डलाई घेराबन्दी, राप्रपाका बिक्रम पाण्डे रुख चिन्हमा चुनाव लड्ने



३० असोज, चितवन ।

राप्रपा नेता एवम् वनमन्त्री विक्रम पाण्डे चितवनबाट कांग्रेससंग मिलेर प्रचण्डको बिपक्षमा चुनाबमा उत्रने खबरले चितवन तातेको छ यतिबेला । बिक्रम पाण्डे राप्रपाका शक्तिशाली नेता मानिन्छन भने चितवनबासीले आँखा चिम्लेर जिताउने नेता मध्यका एक हुन् ।

कांग्रेससँग गठवन्धन गरी छोरीलाई मेयर जिताएका प्रचण्ड यसपटक एमालेसँग गठवन्धन गरी आफैं उठ्दैछन् र उनलाइ हराउन कांग्रेसले राप्रपाका प्रभावशाली नेता बिक्रम पाण्डेलाई उठाउने निस्चितप्राय छ ।

३ निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले चुनावी तापक्रम बढ्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएकाले भरतपुर महानगरपालिकाको निर्वाचन जस्तै चर्चा यो क्षेत्रको पनि हुने देखिएको छ । फरक यत्ति हो कि, कांग्रेससँग गठवन्धन गरी छोरीलाई मेयर जिताएका प्रचण्ड यसपटक एमालेसँग गठवन्धन गरी आफैं उठ्दैछन् ।

केहि समयमा नै माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक गठवन्धन कांग्रेस हुँदै एमालेसम्म गाँसिएको छ । हिजो प्रचण्डपुत्रीलाई जिताउन मतपत्र च्यात्न राज्यसत्ताको समेत दुरुपयोग गरेको आरोप खेपेको कांग्रेसले अहिले प्रचण्डलाई हराउन राप्रपाको साथ लिँदैछ । उता मतपत्र च्यातेर हराइएको भनिएका एमालेका देवी ज्ञवाली नै प्रचण्ड जिताउन मैदानमा उत्रिनुपर्ने दुःख छ ।

वनमन्त्री समेत रहेका विक्रम पाण्डे कालिका ग्रुपका मालिक हुन, उनि चुनावमा खडा भए सम्म अरु कसैले चुनाव जित्न नसक्ने स्थानीयहरू बताउछन । उनी कांग्रेससँग गठवन्धन गरेर चुनाव लड्ने हल्ला चले पछी चितवनमा एमाले र माओबादीमा खैलाबैला मच्चिएको छ ।

रुख चिन्ह नै लिएर निर्वाचन लडे प्रचण्डका लागि पाण्डे खतरा बन्न सक्छन् । तर, हलो चिन्हबाट लिएर उठे प्रचण्डको जितलाई रोक्ने तागत उनीसँग हुने देखिँदैन । राप्रपा प्रजातान्त्रिकको खास प्रभाव भएको क्षेत्र पनि यही हो ।