स्थानीय चुनावमा भाग लिएको विप्लव नेकपाद्वारा आम निर्वाचन बहिस्कार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्थानीय चुनावमा भाग लिएको विप्लव नेकपाद्वारा आम निर्वाचन बहिस्कार



काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गते हुने चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भए पनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

स्थानीय निर्वाचनमा भाग लिएको विप्लव नेकपाले संघीय र प्रदेशसभाको निर्वाचन भने बहिस्कार गर्ने भएको हो । स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीसँग सहकार्य गरेर चुनाव लडेको नेकपा अहिले भने बहिस्कारको मूडमा पुगेको छ ।

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताएका छन् । चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा छलफल भएको तर सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउने । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउने गरेकाले चुनावमा भाग नलिने निर्णयमा पुगेको बताइएको छ

गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ । सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको नवौं महाधिवेशन समेत प्रभावित भएको छ ।